spot_img

रौतहटमा दुई अलग दुर्घटना, एक महिलासहित दुई जनाको मृत्यु

spot_img
spot_img

रौतहट,२९ वैशाख । रौतहट जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

पहिलो घटना परोहा नगरपालिका–६ कोप्वा क्षेत्रमा सोमबार राति भएको हो। बीआर०५एएच २८७७ नम्बर र बा८१प ६४४८ नम्बरका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा परोहा–३ तेजापाकडका २२ वर्षीय सुरेन्द्र पासवान गम्भीर घाइते भएका थिए। उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका छन्। घाइतेमध्ये एक जनाको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ भने अर्कोलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।

दोस्रो घटना कटहरिया नगरपालिका–४ बहादुरपुर टोलमा भएको हो। कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको मोटरसाइकलबाट खसेर फतुवा विजयपुर–५ गमहरियाकी ३८ वर्षीया रिंकुदेवी ठाकुर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय