spot_img

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

spot_img
spot_img

काठमाडाै,३१ वैशाख । प्रतिनिधिसभाको बैठक बुधबार पटक–पटक अवरुद्ध भएपछि आज बिहान ११ बजे पुनः बस्ने तय गरिएको छ। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

बुधबारको बैठक प्रधानमन्त्री शाहको अनुपस्थितिका कारण तनावपूर्ण बनेको थियो। नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने दिनमै प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभएपछि विपक्षी दलहरूले चर्को विरोध जनाएका थिए। विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेपछि संसद् कार्यसूची प्रभावित भएको हो।

प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बैठक छाडेर बाहिरिएको विषयलाई लिएर पनि आलोचना भइरहेको छ। विपक्षी दलहरूले यसलाई संसद्प्रति गैरजिम्मेवार व्यवहारको संज्ञा दिएका छन्।

यसअघि बुधबार नै नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याएर निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो। तर, शून्य समयपछि सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेश गर्न समय दिएलगत्तै विपक्षी सांसदहरूले विरोध सुरु गरेका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गर्दै रूलिङ गर्नुपर्ने बताएका छन्। केही सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामासमेत माग गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय