spot_img

मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, देशभर आन्दोलनमा उत्रिए व्यवसायी

spot_img
spot_img

काठमाडौं,३१ वैशाख । निर्माण सामग्री र इन्धनको मूल्य अत्यधिक बढेपछि निर्माण व्यवसायीहरू देशभर आन्दोलनमा उत्रिएका छन्। सरकारले लागतअनुसार मूल्य समायोजन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घ ले सरकारी निकायहरूमा धर्ना तथा घेराउ कार्यक्रम सुरु गरेको हो।

महासङ्घका अनुसार आजदेखि देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा निर्माण व्यवसायीहरूले धर्ना दिएका छन्। काठमाडौंमा भने सडक विभाग, सिँचाइ विभाग र सम्बन्धित मन्त्रालयहरूमा समेत विरोध कार्यक्रम गरिएको छ।

महासङ्घका प्रवक्ता मंगलबहादुर शाहीले निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै सरकार व्यवसायीहरूको समस्याप्रति उदासीन बनेको आरोप लगाए। उनका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्य आकस्मिक रूपमा बढेपछि पुरानै दरमा काम सञ्चालन गर्न असम्भवजस्तै भएको छ।

शाहीले मूल्यवृद्धिका कारण देशभरका करिब ७ देखि ८ हजार निर्माण ठेक्काको काम प्रभावित भएको दाबी गरे। “अहिलेको लागतमा निर्माण कार्य अघि बढाउन सकिने अवस्था छैन, त्यसैले व्यवसायीहरू बाध्य भएर आन्दोलनमा आएका हुन्,” उनले भने।

निर्माण व्यवसायीहरूले सरकारले तत्काल मूल्य समायोजनको व्यवस्था नगरे विकास निर्माणका अधिकांश काम लामो समयसम्म प्रभावित हुने चेतावनी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय