spot_img

मारवाडी समुदायमाथि अन्यायले स्वदेशी पूँजी पलायन बढ्ने खतरा : महन्थ ठाकुर

spot_img
spot_img

काठमाडौँ,३१ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि भइरहेको व्यवहारले स्वदेशी पूँजी र लगानी वातावरण कमजोर बनिरहेको बताएका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार हुने कारबाही, पक्राउ र अनिश्चित कानुनी प्रक्रियाले लगानीकर्ता त्रसित भएको टिप्पणी गरे।

उनका अनुसार सम्पत्ति शुद्धीकरणलगायतका नाममा व्यवसायीलाई नियन्त्रणमा लिने र पछि छोड्ने जस्ता घटनाले असुरक्षा बढाएको छ। उनले भने, “मारवाडी समुदायलाई नै लक्षित गरेर बदनाम गर्ने प्रवृत्ति देखिन्छ।”

ठाकुरले स्वदेशी, विदेशी तथा प्रवासी पूँजी भित्र्याउने सरकारी लक्ष्य भए पनि व्यवहारमा स्थानीय लगानीकर्तालाई नै निरुत्साहित गरिएको आरोप लगाए।

उनले धेरै व्यवसायी देश छोडेर बाहिरिने अवस्था देखिएको भन्दै यसले अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिए।

साथै, शिक्षा र स्वास्थ्य क्षेत्रमा मारवाडी समुदायको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले उनीहरूलाई निरुत्साहित गर्नु देशको विकासका लागि हानिकारक हुने बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय