spot_img

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.बज्राचार्यलाई

spot_img
spot_img

काठमाडौँ,३१ वैशाख । त्रिभुवन विश्वविद्यालय को निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।

विश्वविद्यालयका पदाधिकारीहरू अध्यादेश जारी भएपछि पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन) को निर्णयअनुसार बज्राचार्यलाई कार्यवाहक जिम्मेवारी दिइएको हो।

यसअघि उपकुलपति प्रा. डा. दीपक अर्यालले राजीनामा दिएका थिए भने शिक्षाध्यक्ष प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए। यसपछि त्रिवि नेतृत्वविहीन बनेको अवस्थामा निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो।

यसैबीच, नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ र इच्छुक उम्मेदवारहरूका लागि १० दिनको आवेदन आह्वान गरिएको विश्वविद्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय