spot_img

एमालेको सचिवालय बैठक स्थगित, नयाँ मिति तय

spot_img
spot_img

काठमाडौं,०२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बस्ने तय भएको सचिवालय बैठक स्थगित गरिएको छ। अब बैठक आगामी सोमबार गुण्डुमा बस्ने पार्टीले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी का अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा, पार्टीभित्रको कार्यविभाजन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो।

तर, भोलि मनाउन लागिएको मदन–आश्रित स्मृति दिवस को तयारीका कारण बैठक सारिएको एमालेले जनाएको छ।

पार्टी नेतृत्वले अब सोमबार बस्ने बैठकबाट संगठनात्मक र राजनीतिक विषयमा आवश्यक निर्णय लिने तयारी गरेको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय