spot_img

रास्वपाको देशव्यापी वडा भेला आज

spot_img
spot_img

काठमाडौं,०२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी ले संगठन विस्तार अभियानअन्तर्गत आज देशभर वडा भेला आयोजना गरेको छ।

पार्टीका अनुसार हालसम्म तदर्थ समिति गठन नभएका वडाहरूमा विशेष भेला आयोजना गरी नयाँ तदर्थ समिति गठन गर्ने तयारी गरिएको छ। आगामी पहिलो महाधिवेशनलाई लक्षित गर्दै रास्वपाले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको जनाएको छ।

रास्वपाले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवन मा गर्ने निर्णय गरिसकेको छ। सोही तयारीस्वरूप वडा तहसम्म संगठन विस्तार र कार्यकर्ता परिचालनलाई प्राथमिकता दिइएको पार्टीले जनाएको छ।

पार्टी नेतृत्वले देशभरबाट नयाँ सदस्य तथा स्थानीय नेतृत्वलाई जोड्दै संगठनलाई अझ मजबुत बनाउने रणनीतिअनुसार वडा भेला सञ्चालन गरिएको जनाएको छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय