spot_img

नीति तथा कार्यक्रममाथि बहस गर्ने समय कम भयो : आङदेम्बे

spot_img
spot_img

काठमाडौं,०२ जेठ । भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संसदीय बहस छोटो समयमै सीमित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

एक कार्यक्रममा बोल्दै उनले मुलुकको आगामी एक वर्षको दिशा तय गर्ने महत्वपूर्ण दस्ताबेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा यसपटक बहसलाई केवल केही घण्टामा सीमित गरिएको टिप्पणी गरे। विगतमा कम्तीमा तीन दिनसम्म चल्ने बहस यसपटक करिब ६ घण्टामा सकाइनु उचित नभएको उनको भनाइ थियो।

नेता आङदेम्बेले नीति तथा कार्यक्रमलाई ‘मुलुकको भविष्यसँग जोडिएको गम्भीर विषय’ भन्दै सांसदहरूलाई विस्तृत रूपमा धारणा राख्ने अवसर दिनुपर्ने बताए। उनले सरकारले डिजिटल प्रविधि र ‘डिजिटलाइजेसन’ लाई प्राथमिकता दिएको दाबी गरे पनि ग्रामीण क्षेत्रका किसान, मजदुर र विपन्न नागरिकसम्म प्रविधिको पहुँच विस्तार गर्ने स्पष्ट योजना नरहेको आरोप लगाए।

उनका अनुसार नागरिक एप जस्ता सेवाको प्रभावकारी प्रयोगका लागि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र इन्टरनेट पहुँच आवश्यक भए पनि नीति तथा कार्यक्रममा त्यसबारे स्पष्ट दृष्टिकोण देखिएको छैन।

सरकारसँग दुई तिहाइको समर्थन हुँदाहुँदै पनि जनतामुखी र व्यवस्थित नीति कार्यान्वयनमा कमजोरी देखिएको टिप्पणी गर्दै उनले आगामी बजेटमार्फत यस्ता कमी सच्याउन आग्रह गरे।

प्रतिपक्षको भूमिकाबारे बोल्दै आङदेम्बेले नेपाली कांग्रेस केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै सरकारको कार्यशैली र प्राथमिकतामा सुधार आवश्यक रहेको बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय