spot_img

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

spot_img
spot_img

काठमाडौं,०२ जेठ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विद्यालय तहको पठनपाठन व्यवस्थापनका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ कार्यघण्टा प्रणाली लागू गरेको छ ।

मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालयसँगै शैक्षिक संस्थामा पनि दुई दिन बिदा लागू भएपछि विद्यालय सञ्चालन, कक्षा तालिका र पाठ्यघण्टा मिलानमा चुनौती देखिएको थियो ।

यसलाई समायोजन गर्न राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सुझावअनुसार कार्यदलको सिफारिसका आधारमा नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरिएको केन्द्रले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार विद्यालय वर्षमा कम्तीमा २०५ दिन पठनपाठन सञ्चालन हुनेछ । कक्षा १ देखि ३ सम्म वार्षिक ८३२ कार्यघण्टा, कक्षा ४ देखि ७ सम्म १,०२४ कार्यघण्टा र कक्षा ९ देखि १२ सम्म १,१८४ देखि १,३४४ कार्यघण्टासम्म पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार एक पाठ्यघण्टा ३२ घण्टाको समयावधि बराबर मानिने गरी समायोजन गरिएको छ ।

विद्यालय सञ्चालन २०५ दिनमा सीमित हुँदा केही समय अपुग हुने भएकाले दैनिक प्रार्थना र खाजा समय कटौतीपछि औसत ५ घण्टा २५ मिनेटको पठन समय कायम हुने व्यवस्था गरिएको छ । यस आधारमा वार्षिक करिब ७५८ घण्टा पठनपाठन उपलब्ध हुने देखिएको छ ।

अपुग हुने पाठ्यघण्टा पूर्ति गर्न परियोजना कार्य, प्रयोगात्मक अभ्यास तथा अतिरिक्त सिकाइ गतिविधिलाई विषयगत सिकाइसँग जोडिने केन्द्रले जनाएको छ । यस्ता गतिविधिलाई समेत वार्षिक कार्यघण्टामा गणना गरिने व्यवस्था गरिएको छ ।

केन्द्रले विद्यालय, पालिका र शिक्षकहरूलाई नयाँ प्रणालीअनुसार कक्षा सञ्चालन मिलाउन निर्देशन दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय