काठमाडौं,०३ जेठ । काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ११९ जना तथा ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३२ जनामाथि कारबाही गरिएको छ ।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने २०८ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना तथा सडक पेटीमा पार्किङ गर्ने ९५ जना चालक पनि कारबाहीमा परेका छन् ।
प्रहरीका अनुसार एकतर्फी सडकमा सवारी चलाउने १२६ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १३९ जनालाई समेत जरिवाना गरिएको छ ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ ।



