spot_img

विश्व सडक सुरक्षा सप्ताहमा पर्सामा ट्राफिक सचेतना अभियान

spot_img
spot_img

बीरगन्ज,०२ जेठ । विश्व सडक सुरक्षा सप्ताह २०२६ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बीरगन्जमा ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले माईस्थान–घण्टाघर क्षेत्रमा आयोजित कार्यक्रममा विशेषगरी साइकलयात्री र रिक्साचालकलाई लक्षित गर्दै जनचेतना फैलाइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युवराज कटवालले बढ्दो सडक दुर्घटनालाई नियन्त्रण गर्न निरन्तर सचेतनामूलक अभियान सञ्चालन भइरहेको बताए ।

उनले ट्राफिक नियम पालनाबारे सर्वसाधारणलाई जानकारी गराउँदै दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमै जागरूकता आवश्यक रहेको उल्लेख गरे ।

“सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएकाले ट्राफिक सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” कटवालले भने, “विद्यालयदेखि सार्वजनिक स्थलसम्म पुगेर निरन्तर जनचेतना फैलाउने काम भइरहेको छ ।”

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ता–श्रीपुर तथा वीरगञ्ज युवा समाजको समेत सहभागिता रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय