spot_img

करिब २० लाखको अवैध सामानसहित दुई जना पक्राउ

spot_img
spot_img

सिराहा,०३ जेठ । सिराहाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। शनिबार राति नवराजपुर गाउँपालिका–५ देवनगर क्षेत्रमा गरिएको गस्तीका क्रममा करिब १९ लाख ४७ हजार रुपैयाँ बराबरका सामानसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा स्थानीय राजेश यादव (५०) र आनन्द यादव (३९) रहेका छन्। उनीहरू स १ ख ५३५ नम्बरको ट्रकमार्फत नेपालबाट भारततर्फ अवैध रूपमा सामान लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीको नं. ७ गण सिराहाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा ट्रक जाँच गर्दा ठूलो मात्रामा कस्मेटिक सामग्री, टुथपेस्ट तथा २६० केजी ओखर फेला पारेको थियो। बरामद सामानको मूल्य करिब १९ लाख ४७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। साथै, ट्रकको अनुमानित मूल्य २१ लाख रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ भने बरामद सामान भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय