spot_img

पर्सा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ ८ देखि वीरगन्जमा हुने

spot_img
spot_img

वीरगन्ज,०५ जेठ । पर्सा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ ८ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता जेठ ८ देखि १० गतेसम्म नारायणी रंगशाला मा आयोजना गरिने पर्सा जिल्ला खेलकुद विकास समिति ले जनाएको छ।

समितिको सोमबार बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगितामा पर्सा जिल्लाका १४ वटै पालिकाका विद्यालयहरूले सहभागिता जनाउने भएका छन्। तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायतका खेलहरू समावेश गरिने छन्। विद्यार्थी खेलाडीहरूबीच प्रतिस्पर्धा गराउँदै प्रतिभा पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समितिले जनाएको छ।

समितिका अध्यक्ष दीपक साह कानु को अध्यक्षतामा बसेको बैठकमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख महमद नाजिर हुसेन, पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौला, नेपाली सेनाको श्रीजंग गण वीरगन्जका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव तथा एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेल लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताले जिल्लास्तरका विद्यालय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय