spot_img

विदेश पठाउने नाममा ठगी आरोप, २७ कन्सल्टेन्सी सञ्चालकविरुद्ध म्याद थप

spot_img
spot_img

काठमाडौँ,०५ जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ले शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) मार्फत विदेश पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका २७ जना सञ्चालकविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। जेठ १ गते काठमाडौँ उपत्यकाका १९५ वटा कन्सल्टेन्सी कार्यालयमा गरिएको छापापछि प्रहरीले ६८ जना सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो। तीमध्ये २७ जनामाथि शिक्षा ऐन अन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको हो।

प्रहरीका अनुसार दर्ता नै नगरी सञ्चालन गरिएका केही कन्सल्टेन्सीहरूले विदेश पठाउने नाममा विद्यार्थीहरूबाट रकम असुलेर अलपत्र पारेको उजुरी परेको छ। केही विद्यार्थी जापानलगायत देशमा पुगेर समस्यामा परेको गुनासोसमेत आएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा केही कन्सल्टेन्सीले भिसा सुनिश्चित हुने भन्दै गलत आश्वासन दिने, पासपोर्ट आफैँसँग राख्ने र सेवाग्राहीलाई झुक्याउने गरेको पाइएको छ। प्रहरीका अनुसार दूतावासबाट जारी हुने भिसा निजी संस्थाले ग्यारेन्टी गर्न नसक्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि गलत प्रचार गरिएको भेटिएको छ।

अदालतले ५ जना म्यानेजरलाई भने हिरासतमा राख्न अनुमति नदिएको छ। सञ्चालक फेला नपरेका ती व्यक्तिहरूलाई हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ। यस्तै, दर्ता प्रक्रियामा रहेका थप ३६ जनालाई हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूलाई थप कारबाहीका लागि शिक्षा विभागअन्तर्गत शैक्षिक परामर्श शाखामा पठाउने तयारी पनि भइरहेको छ।

सन्तोष खड्का र रामेश्वर कार्की का अनुसार ठगी र किर्ते मुद्दासमेत जोडेर अनुसन्धान विस्तार गरिएको छ र पीडितबाट उजुरी संकलन भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय