spot_img

मधेशसहित चार प्रदेशमा वर्षा सम्भावना, मौसम विभागको चेतावनी

spot_img
spot_img

वीरगन्ज,०६ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने सम्भावना छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बादल रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेशसहित अन्य पहाडी–हिमाली क्षेत्रका केही भागमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। तर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि घना बादल लाग्ने सम्भावना छ। बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहनेछ भने तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय