spot_img

नयाँ सरकारको प्राथमिकताबारे चीनको चासो : परराष्ट्रमन्त्री खनाल

spot_img
spot_img

काठमाडौं,०६ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल ले नयाँ सरकारको प्राथमिकताबारे छिमेकी चीनले चासो राखेको बताएका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले नेपाल र चीनबीच निरन्तर संवाद भइरहेको जानकारी दिए।

मन्त्री खनालका अनुसार उत्तरी छिमेकी चीनसँग नियमित सम्पर्क र छलफल भइरहेको छ। उनले नयाँ सरकार गठनपछि कुन–कुन विषय प्राथमिकतामा राखिने भन्नेबारे चीनले विशेष चासो देखाएको उल्लेख गरे। उनले भने, “हामी निरन्तर सम्पर्कमा छौं, नयाँ सरकार बनेपछि प्राथमिकताका विषय के–के हुने भन्नेबारे उहाँहरूको चासो छ।”

मन्त्री खनालले सरकार नेपाललाई स्थिर, बलियो र गतिशील राष्ट्रका रूपमा अघि बढाउने दिशामा केन्द्रित रहेको पनि बताए। उनका अनुसार परराष्ट्र मन्त्रालयले स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विषयमा सक्रिय रूपमा काम गरिरहेको छ। भूराजनीतिक जटिलताबीच नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै अघि बढ्ने प्रयास गरिरहेको उनको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय