spot_img

विदेशिएका नेता र व्यवसायीलाई देश फर्कन महन्थ ठाकुरको आह्वान

spot_img
spot_img

काठमाडौं,०६ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर ले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई स्वदेश फर्कन आह्वान गरेका छन्। बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेको भन्दै अब विदेशमा बसिरहनुपर्ने अवस्था नरहेको बताए।

ठाकुरले तीन प्रमुख राजनीतिक दलबीच सहकार्यको वातावरण बन्दै गएको उल्लेख गर्दै सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान नेतृत्वलाई जिम्मेवार बन्न पनि सचेत गराए।

“अब बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नो भूमिमा फर्कनुहोस्, हामी स्वागत गर्छौं,” ठाकुरले भने। उनका अनुसार राजनीति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि हुनुपर्छ। उनले देशको विकास र स्थायित्वका लागि सामूहिक सहकार्य आवश्यक रहेको पनि बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय