spot_img

देवताल र सुवर्ण गाउँपालिकामा आज ५ घण्टा विद्युत सेवा अवरुद्ध

spot_img
spot_img

बीरगन्ज,०८ जेठ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत कलैया वितरण केन्द्र ले आज देवताल र सुवर्ण गाउँपालिकाका केही क्षेत्रमा विद्युत सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ।

वितरण केन्द्रका अनुसार ११ केभी डबल सर्किट तार तान्ने प्राविधिक कार्य भइरहेकाले सितलपुर फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध रहनेछ।

यसबाट देवताल गाउँपालिका र सुवर्ण गाउँपालिका का विभिन्न बस्ती प्रभावित हुने जनाइएको छ। प्राधिकरणले निर्धारित काम समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा तुरुन्त पुनः सञ्चालन गरिने पनि जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय