spot_img

बीरगन्जमा विद्यार्थीलाई साइबर अपराधबारे सचेतना

spot_img
spot_img

बीरगन्ज,०८ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सा एवं सामुदायिक प्रहरी सेवा अन्तर्गत एलाइड युथ सोसाइटीद्वारा बीरगन्जस्थित मुन लाइट सेकेन्डरी स्कुलमा प्रभावकारी साइबर अपराध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा साइबर सुरक्षा, डिजिटल जिम्मेवारी तथा अनलाइन माध्यमबाट बढिरहेका विभिन्न जोखिमबारे जानकारी दिइएको आयोजकले जनाएको छ।

अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल प्रयोगकर्ताको रूपमा विकसित हुन प्रेरित गरिएको थियो। सामाजिक सञ्जालको सही प्रयोग, व्यक्तिगत विवरणको सुरक्षा तथा अनलाइन ठगीबाट बच्ने उपायबारे समेत प्रशिक्षण दिइएको थियो।

विद्यालयका संस्थापक तथा सञ्चालक श्याम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय निर्देशक सुल्भ केसी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन अंकित झाले गरेका थिए भने प्रशिक्षण सोनी नेम्हाफुकीले प्रदान गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित राजु कार्कीले पछिल्लो समय इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीलाई सतर्क र जिम्मेवार ढंगले डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरे।

उनले व्यक्तिगत विवरण सुरक्षित राख्न, अपरिचित लिंक तथा सन्देशप्रति सचेत रहन र कुनै पनि अनलाइन गतिविधिमा विवेकपूर्ण निर्णय लिनुपर्नेमा जोड दिए। साथै युवापुस्ताले प्रविधिको सकारात्मक प्रयोग गर्दै सिर्जनात्मक कार्यमा लाग्नुपर्ने धारणा व्यक्त गरे।

“सुरक्षित, सचेत र साइबर–साक्षर समाज निर्माणतर्फ हामी सबैको साझा प्रयास” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय