spot_img

कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले लिन्छ : विश्वप्रकाश शर्मा

spot_img
spot_img

काठमाडौं,०८ जेठ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसको हातमा जाने दाबी गरेका छन्।

शुक्रबार सुनसरीको लौकीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब कोशी प्रदेशमा राजनीतिक नेतृत्व परिवर्तन हुने संकेत गरेका हुन्। यद्यपि विस्तृत राजनीतिक समीकरणबारे उनले तत्काल धेरै बोल्न चाहेनन्।

तर उनले स्पष्ट रूपमा भने, “कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडै नै गर्नेछ।” उनले थपे, “नेपाली भाषामा सबैले बुझ्ने गरी भन्नुपर्दा अब कोशी प्रदेशको नेतृत्व कांग्रेसले नै लिन्छ।”

शर्माका अनुसार नयाँ सरकार बनेपछि नागरिकलाई सकारात्मक सन्देश दिँदै अघि बढ्ने तयारी भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय