spot_img

कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार

spot_img
spot_img

काठमाडौं, ०८ जेठ । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको तालिम केन्द्रमा प्रशिक्षणका क्रममा ८ जना जवान एक्कासि बेहोस भएका छन्।

बेहोस हुनेहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको उनले जानकारी दिए।

घटना टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आधारभूत तालिमका क्रममा भएको बताइएको छ। बेहोस हुनुको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय