spot_img

गैरकानुनी रूपमा ‘डा.’ लेख्नेलाई कडा कारबाही गर्ने मेडिकल काउन्सिलको चेतावनी

spot_img
spot_img

काठमाडौं,०८ जेठ । नेपाल मेडिकल काउन्सिल ले कानुनी रूपमा दर्ता नभई नामअघि ‘डा.’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। काउन्सिलले जारी गरेको अत्यन्त जरुरी सूचनामा मेडिकल काउन्सिल वा सम्बन्धित परिषद्मा दर्ता नभएका व्यक्तिले ‘डाक्टर’ उपाधि प्रयोग गरेमा तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ।

काउन्सिलका अनुसार पछिल्लो समय केही गैरचिकित्सक स्वास्थ्यकर्मी तथा असम्बन्धित व्यक्तिहरूले अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र र सामाजिक सञ्जालमा अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गर्दै बिरामी जाँच्ने, परामर्श दिने तथा औषधि सिफारिस गर्ने कार्य बढेको छ। यसले जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै काउन्सिलले ‘जिरो टोलरेन्स’ नीति अपनाउने जनाएको हो।

डा. दीपेन्द्र पाण्डे का अनुसार १५ दिनभित्र साइनबोर्ड, प्रेस्क्रिप्सन प्याड, भिजिटिङ कार्ड तथा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सबै डिजिटल माध्यमबाट गैरकानुनी रूपमा राखिएको ‘डा.’ उपाधि हटाउन निर्देशन दिइएको छ।

काउन्सिलले विदेशी वा स्वदेशी विश्वविद्यालयको प्रमाणपत्रमा ‘डाक्टर’ लेखिएको भरमा नेपालमा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्न नपाइने पनि स्पष्ट पारेको छ। नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै बिरामी जाँच्ने, उपचार गर्ने, औषधि सिफारिस गर्ने तथा ‘डाक्टर’ उपाधि प्रयोग गर्ने अधिकार रहेको उल्लेख गरिएको छ।

निर्धारित १५ दिने समयसीमा सकिएपछि काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी सुरु गर्ने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय