spot_img

कालंगा हाइड्रोपावरको आईपीओ खुल्यो

spot_img
spot_img

काठमाडौं,०८ जेठ । कालंगा हाइड्रोपावर ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो।

आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली, म्युचुअल फन्ड र कर्मचारीका लागि छुट्याइएको हिस्सा वितरणपछि बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ। आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन मिल्नेछ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल ले सम्हालेको छ। लगानीकर्ताले ‘मेरो सेयर’ प्रणाली तथा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

केयर रेटिङ नेपालले कम्पनीलाई ‘बीबी प्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व वहन क्षमता मध्यम जोखिमयुक्त रहेको संकेत गर्छ।

कम्पनीले बझाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २८ करोड ३० लाख रुपैयाँ पर्न आउँछ।

आर्थिक सूचकअनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.२९ वर्ष र डिस्काउन्टेड फिर्ता अवधि १८.०१ वर्ष रहेको छ।

गत पुस मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी (EPS) ६ रुपैयाँ ५३ पैसा छ। कम्पनीले ४ करोड ६२ लाख रुपैयाँ सञ्चित नाफा कमाएको देखिन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय