spot_img

वैशाख महिनामा २ हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

काठमाडौं,०८ जेठ । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशका विभिन्न स्थानबाट २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सबैभन्दा बढी पक्राउ मधेश प्रदेश बाट ७३० जना रहेका छन्। त्यसपछि काठमाडौं उपत्यका बाट ३६६, लुम्बिनी प्रदेश बाट ३३०, कोशी प्रदेश बाट ३२६ तथा गण्डकी प्रदेश बाट २०४ जना पक्राउ परेका छन्।

त्यसैगरी बागमती प्रदेश बाट १९९, सुदूरपश्चिम प्रदेश बाट ८४, कर्णाली प्रदेश बाट ६८ जना तथा केन्द्रीय अनुसन्धान ब्यूरो बाट १२ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि तोकिएको ८२५ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयनमा ल्याइएको छ। साथै उनीहरूबाट २१ करोड ५३ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि असुल गरिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय