spot_img

नेपाल राष्ट्र बैंकद्वारा ६१ दिनका लागि एक खर्ब निक्षेप संकलन

spot_img
spot_img

काठमाडौं,०८ जेठ । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागिएको हो। यसका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। राष्ट्र बैंकका अनुसार संकलन गरिएको रकमको साँवा तथा ब्याज आगामी साउन ६ गते भुक्तानी गरिनेछ।

यस योजनामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। साथै, पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी तोकिएको कुल सीमाभित्र रहेर बोलकबोल गर्न पाइने व्यवस्था गरिएको छ। केन्द्रीय बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा बढ्दो तरलता सन्तुलनमा राख्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय