काठमाडौँ,०८ जेठ । फिरदौस आलम ले निर्माण व्यवसायीहरूले भोग्दै आएको प्रशासनिक झन्झटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले निर्माण व्यवसायीहरू कामभन्दा बढी सरकारी कार्यालय र मन्त्रालय धाउन बाध्य भएको बताए। “मन्त्रालयमा जो बाठो र सक्रिय छ, उसकै मात्र काम हुने र अरूको निकास नहुने समस्या देखिएको छ,” उनले भने।
सांसद आलमले पहुँच र चिनजानका आधारमा भुक्तानी दिने तथा काम अघि बढाउने प्रवृत्ति रहेको उल्लेख गर्दै यसलाई विभेदकारी अभ्यासको संज्ञा दिए। उनले सम्बन्धित मन्त्रालयका सचिव र मन्त्रीलाई यस्तो परिपाटी तत्काल अन्त्य गर्न आग्रह गरे।
उनका अनुसार निष्पक्ष र पारदर्शी प्रणालीको अभावले निर्माण क्षेत्र प्रभावित भएको छ, जसले विकास निर्माणका काममा समेत नकारात्मक असर पारिरहेको छ।



