spot_img

जुनदेखि कुवेतले अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने

spot_img
spot_img

काठमाडाै,०८ जेठ । आगामी जुन –१ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ ।

नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार र परिचालन सुविधामा मर्मत–सम्भार र विकास कार्य सम्पन्न भए पछि उडानहरु सुरु गर्ने निर्णय गरिएको बताउनुभएको छ ।

सुरक्षित र सहज हवाई यातायात प्रवाह र यात्रु आवागमन सुनिश्चित गर्न परिचालन तयारी भई रहेको उल्लेख गर्दै उहाँले  प्राविधिक मूल्याङ्कनको आधारमा एयरपोर्ट तथा उडानहरु पुनः खोलिने बताउनुभएको छ । उहाँले एयरपोर्ट तथा उडानहरुको पूर्ण सञ्चालनका लागि  प्रत्येक चरणको मूल्याङ्कन जारी रहेकोसमेत बताउनुभएको छ ।

अल सबाहले टर्मिनल –१ मा हाल सुविधालाई स्थर उन्नती गर्ने र उच्च सुरक्षा मापदण्ड अनुरूप यात्रुहरूको प्रवाह बढाउने उदेश्यले मर्मत तथा विकासका कामहरु भई रहेको बताउनु भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय