spot_img

७ वर्षपछि हत्या आरोपित चितवन प्रहरीको नियन्त्रणमा

spot_img
spot_img

बीरगन्ज,०८ जेठ। बाराका एक पुरुषको हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई चितवन प्रहरीले करिब ७ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का पञ्चदेव महरा (पुनदेव) रहेका छन्।

२०७६ साल चैत २३ गते चितवनको खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउन्डभित्र मजदुर बस्ने कोठामा ४६ वर्षीय सखिचन महराको शव फेला परेको थियो। मृतक बाराको फेटा गाउँपालिका–३ निवासी थिए।

घटनापछि प्रहरीले गरेको अनुसन्धानबाट सखिचन महराको हत्या पञ्चदेव महराले गरेको खुलेको थियो। त्यसपछि चितवन जिल्ला अदालतबाट २०७६ चैत २५ गते पक्राउ अनुमति जारी गरिएको भए पनि आरोपी लामो समयदेखि फरार रहेका थिए।

प्रहरीले निरन्तर खोजतलास जारी राखेका क्रममा आरोपी फेटा गाउँपालिका–१ त्रिवेणी क्षेत्रमा लुकीछिपी बसिरहेको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडी र खैरहनीबाट खटिएको संयुक्त टोलीले उनलाई जेठ ५ गते पक्राउ गरेको जनाएको छ।

हाल पक्राउ परेका महरालाई इलाका प्रहरी कार्यालय खैरहनीको हिरासतमा राखिएको छ। चितवन जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय