काठमाडौँ,०८ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) मा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्धारित कार्यक्रमअनुसार केही बेरअघि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। महासङ्घको नेतृत्व तहमा प्रतिस्पर्धा चर्किँदै जाँदा व्यवसायीहरूको चासो पनि बढेको छ।
वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्य चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै कोषाध्यक्ष पदमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा भइरहेको छ।
निर्वाचनमार्फत महासङ्घको आगामी नेतृत्व चयन हुने भएकाले व्यवसायिक क्षेत्रले यसलाई महत्वपूर्ण रूपमा हेरिरहेको छ।



