spot_img

पोखरियाबाट ब्राउन सुगरसहित १ जना पक्राउ

spot_img
spot_img

पर्सा,११ जेठ । पर्साको पोखरिया नगरपालिका बाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएको टोलीले वडा नं. ९ का २० वर्षीय विशाल राउत कमकर लाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा गएराति करिब ११:३० बजे शंकास्पद अवस्थामा फेला परेका उनलाई जाँच गर्दा ५.५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको छ।

प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार पक्राउ परेका कमकरलाई थप अनुसन्धानका लागि कार्यालयमा राखिएको छ। प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय