spot_img

पर्सा र चितवन निकुञ्जमा बाघको आहारा प्रजाति सर्वेक्षण सुरु

spot_img
spot_img

बीरगन्ज,१९ जेठ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजाति पहिचान तथा गणनाका लागि सर्वेक्षण सुरु गरिएको छ। जेठ १ गतेदेखि सुरु गरिएको सर्वेक्षण नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रलाई समेट्दै सञ्चालन भइरहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार करिब ४०० ट्रान्जेक्ट (निश्चित अवलोकन मार्ग) बनाएर आहारा प्रजातिको तथ्यांक संकलन भइरहेको छ।

सर्वेक्षणमा जरायो, चितल, लगुना, रतुवा, गौँरीगाई, बँदेल, निलगाई र बाँदरलाई बाघका मुख्य आहारा प्रजातिका रूपमा समेटिएको छ। शुक्लाफाँटा, बाँके र बर्दिया क्षेत्रमा भने चौका र बाह्रसिंगे पनि आहाराका रूपमा रहेका छन्।

संकलित तथ्यांकका आधारमा दूरी छनोट विधिबाट आहारा प्रजातिको संख्या निर्धारण गरिने निकुञ्जले जनाएको छ।
सर्वेक्षण सम्पन्न भएपछि प्राप्त नतिजाले बाघ संरक्षणका लागि आवश्यक आहारा प्रजातिको संरक्षण रणनीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय