जनकपुर,१९ जेठ । जेनजी प्रदर्शन हुँदा सप्तरीस्थित राजविराज कारागारबाट भागेका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–४ घर भएका ३५ वर्षीय मोहम्मद अनबारुल छन् ।
उनलाई इलाका प्रहरी कार्यालय करडबोनाबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी राजन रायमाझीले बताए ।
बलात्कार मुद्दामा जेल परेका अनबारुल जेनजी प्रदर्शनको क्रममा फरार भएका थिए ।




