spot_img

दिल्लीकाे एक हाेटलमा भीषण आगलागी हुँदा १८ जनाकाे मृत्यु

spot_img
spot_img

काठमाडौं,२० जेठ । भारतको दक्षिण दिल्लीस्थित मालवीय नगरको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।

मालवीय नगरमा रहेको ‘लेमन ग्रीन रेस्टुरेन्ट’मा बुधबार आगलागी भएको हो। द इन्डियन एक्सप्रेसलाई उद्धृत गर्दै दिल्ली प्रहरीले घटनामा ठूलो मानवीय क्षति भएको जनाएको छ।

आगलागीमा परेकाहरूलाई तत्काल उद्धार गरी नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। घाइतेहरूको अवस्था बारे विस्तृत जानकारी भने आउन बाँकी रहेको छ।

प्रारम्भिक जानकारी अनुसार उक्त होटलमा अफ्रिकी मुलुकका केही नागरिकहरू पनि बसोबास गरिरहेका थिए। आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच, नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने घोषणा गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय