काठमाडाैं,२३ जेठ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भारतीय जनता पार्टी) का विदेश विभाग प्रमुख विजय चौथाइवाले बीच शनिबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको जनाइएको छ। दुवै पक्षले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचार आदान–प्रदान गरेका थिए।
छलफलमा पार्टी–पार्टी सम्पर्क विस्तार गर्ने तथा जनता–जनता सम्बन्ध अझ सुदृढ बनाउने विषयमा पनि जोड दिइएको चौथाइवालेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
भारतीय विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा मन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन्।
भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।




