spot_img

रास्वपाको जिल्ला अधिवेशन देशभर सुरु, आज ३७ र भोलि २९ जिल्लामा नेतृत्व चयन

spot_img
spot_img

काठमाडौं,२३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टी केन्द्रीय समितिको निर्णयअनुसार शनिबार ३७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने आइतबार थप २९ जिल्लामा अधिवेशन हुने पार्टीले जनाएको छ।

यसैक्रममा बारा जिल्लाको अधिवेशन भने यही जेठ २६ गते हुने तय गरिएको छ।

काठमाडौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। बाँकी जिल्लामा अधिवेशन राष्ट्रिय महाधिवेशनपछि सम्पन्न गरिने उनले बताए।

उनका अनुसार पछिल्लो समय पार्टी सदस्य संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको छ, जसले संगठन विस्तारलाई गति दिएको छ।

महामन्त्री बुर्लाकोटीले पार्टीभित्र नातावाद, कृपावाद र परिवारवाद स्वीकार्य नहुने स्पष्ट पारे। उनले विधानमै यस्तो प्रवृत्तिलाई निषेध गरिएको उल्लेख गर्दै संगठनलाई भ्रमित वा अलपत्र पार्ने गतिविधि सह्य नहुने बताए।“देशको भविष्यका लागि राजनीतिमा आएका हौं, पदको पछि लाग्नेहरूका लागि पार्टीमा स्थान हुँदैन,” उनले भने।

बुर्लाकोटीका अनुसार पार्टीको कुनै तहमा पदाधिकारी रहेका सदस्यले पुनः सोही तहमा निर्वाचनमा भाग नलिने अवस्थामा एक तह माथिको अधिवेशनमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धा र नेतृत्व विकासलाई व्यवस्थित गर्न यस्तो नीति अपनाइएको बताए। रास्वपाले जेठ २६ गतेदेखि सातै प्रदेशमा अधिवेशन गर्ने तयारी गरेको छ। साथै पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय यसअघि नै भइसकेको छ।

महामन्त्री बुर्लाकोटीले भारतमा पार्टी सभापतिलाई गरिएको सम्मानलाई जनमतको सम्मानका रूपमा व्याख्या गर्दै पार्टीप्रति जनआकर्षण बढिरहेको दाबी गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय