spot_img

एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो सुन

spot_img
spot_img

काठमाडौं,२४ जेठ । आइतबार सुनचाँदीको भाउ उच्च दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ८ सय रुपैयाँमा झरेको छ । गत आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २३० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८९५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ३४५ रुपैयाँ थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय