spot_img

प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने प्रस्ताव रास्वपाद्धारा अस्वीकार

spot_img
spot_img

काठमाडौँ,२७ जेठ । सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रधानमन्त्रीको लिखित जवाफ परराष्ट्रमन्त्रीले पढ्ने प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमत नभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने कारणसहितको लिखित पत्र जुनसुकै मन्त्रीले पढ्न सक्ने विपक्षीको प्रस्ताव अघि सारिएको थियो।

तर रास्वपाले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्रीको लिखित जवाफ भए परराष्ट्रमन्त्रीले नै पढ्ने व्यवस्था उपयुक्त हुने धारणा राखेको छ। लामिछानेले बैठकमा “परराष्ट्रमन्त्रीले आफ्नो तरिकाले बोल्नुहुन्छ” भन्दै फरक धारणा राखेका थिए।

बैठकमा केही दलहरू लचक देखिए पनि नेपाली कांग्रेस, एमाले, र राप्रपा लगायतका दलहरू आफ्नो अडानमा कायम रहेको बताइएको छ। उनीहरूले प्रधानमन्त्रीको पत्र सरकारका कुनै पनि मन्त्रीले पढ्न सक्ने प्रस्ताव अघि सारेका थिए।

बैठकमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी थिए, जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), राप्रपा तथा अन्य दलका प्रतिनिधिहरू उपस्थित थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय