spot_img

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी चयन

spot_img
spot_img

 बीरगन्ज,१३ असार । थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले पुनम चौधरीलाई अध्यक्षमा चयन गरेको छ।

नयाँ कार्यसमितिअनुसार एन्जल चौधरी उपाध्यक्ष, पुरुष उपाध्यक्ष रामकिशोर चौधरी, सचिव अर्जुन चौधरी, सहसचिव अजय पञ्जियार र कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।

अधिवेशन शम्भु महत्व थारुको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा शान्तकुमार चौधरी उपस्थित थिए भने विशिष्ट अतिथि सन्तोष दहित रहेका थिए। त्यस्तै दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओम प्रकाश चौधरीलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित कार्यसमितिले थारु पत्रकार संघलाई थप सशक्त र प्रभावकारी बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय