spot_img

विश्व रक्तदाता दिवस आज मनाइँदै

spot_img
spot_img

काठमाडाै,३१ जेठ ।  विश्वभरि जस्तै नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व रक्तदाता दिवस मनाइँदै छ। प्रत्येक वर्ष जुन १४ मा मनाइने यो दिवस सुरक्षित रगतको महत्त्वबारे जनचेतना फैलाउने तथा निःस्वार्थ रूपमा रक्तदान गर्ने रक्तदाताहरूको योगदानको सम्मान गर्ने उद्देश्यले मनाइन्छ।

रगतको अभावका कारण कुनै पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने सन्देशसहित मनाइने यस दिवसले सुरक्षित र पर्याप्त रगत संकलनको आवश्यकता उजागर गर्ने काम गर्छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार रगतको विकल्प रगत नै भएकाले नियमित रक्तदानले असंख्य बिरामीको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्छ।

यस वर्ष पनि देशभरका अस्पताल, सामाजिक संस्था, युवा क्लब तथा स्वयंसेवी संगठनहरूले रक्तदानको महत्वबारे जनचेतना फैलाउने, नयाँ रक्तदाताहरूलाई प्रोत्साहन गर्ने तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने गरेका छन्।

रक्तदान क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाहरूले नियमित रक्तदानको संस्कृतिलाई प्रवर्द्धन गर्न विशेष अभियान सञ्चालन गरेका छन्। उनीहरूका अनुसार दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न जटिल रोगका बिरामीहरूका लागि सुरक्षित रगतको माग निरन्तर रहने भएकाले स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्न आवश्यक छ।

विश्व रक्तदाता दिवसले रक्तदाताप्रति सम्मान व्यक्त गर्नुका साथै समाजमा मानवीय सेवाको भावनालाई अझ बलियो बनाउने अवसर प्रदान गरेको छ। स्वास्थ्यकर्मीहरूले योग्य र स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गरी जीवन बचाउने अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय