spot_img

भारत–नेपाल सीमा र भूमि विवादबारे सरकारसँग स्पष्टिकरण माग्दै सांसद राई

spot_img
spot_img

काठमाडौं,०२ असार । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हर्कराज राईले भूमि, सीमा व्यवस्थापन तथा नागरिकका दीर्घकालीन समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

मंगलबार संसदमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति उपयुक्त नभएको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग गरे।

सांसद राईले रौतहट क्षेत्रमा भारततर्फ निर्माण गरिएका उच्च बाँधका कारण लालबकैया नदीबागमती नदीको प्राकृतिक बहाव प्रभावित भएको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै यसबारे सरकारले सत्यतथ्य छानबिन गरी स्पष्ट जानकारी दिनुपर्ने बताए। उनले नेपालमा डुबानको जोखिम बढाउने तथा छिमेकी मुलुकको हितलाई प्राथमिकता दिने कुनै पनि सम्झौता वा व्यवस्था भए त्यसको पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरे।

त्यसैगरी उनले राजविराजका विटौरी जग्गामा दशकौँदेखि बसोबास गर्दै आएका नागरिकहरूले जग्गाधनी प्रमाणपत्रको माग गर्दै आन्दोलन गरिरहेको विषय उठाउँदै उनीहरूको समस्या समाधानमा सरकार संवेदनशील हुनुपर्ने बताए।

सांसद राईले रामधुनी क्षेत्रमा झोडा फाँडेर बसोबास गर्दै आएका स्थानीयवासीले करिब ६६ वर्षदेखि लालपुर्जा नपाएको उल्लेख गर्दै उनीहरूको भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।

उनले विभिन्न स्थानमा नक्कली जग्गाधनीका समस्या देखिएको भन्दै भूमि प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। साथै, माइतीघर मण्डलामा विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलनरत नागरिकका विषयमा समेत सरकार गम्भीर बन्नुपर्ने र उनीहरूलाई न्याय दिलाउन पहल गर्नुपर्ने बताएका छन्।

सांसद राईले नागरिकका भूमि अधिकार, सीमा सुरक्षा र दीर्घकालीन सामाजिक समस्याको समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय