spot_img

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिमाथि प्रतिपक्षको आपत्ति

spot_img
spot_img

काठमाडौं,०२ असार । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी सांसदहरूले कडा आपत्ति जनाएका छन्।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै सदनमा अवरोध गरेका थिए। विरोधपछि सभामुख डीपी अर्यालले नेकपाका सांसद प्रमेश हमाललाई बोल्ने अवसर दिएका थिए।

सांसद हमालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे। उनले सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमै स्पष्ट जवाफ दिन रुलिङ गर्न आग्रह गर्दै उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउनसमेत माग गरे।

उनले विदेश भ्रमणमा रहेका परराष्ट्रमन्त्रीले चीन भ्रमणका क्रममा लिपुलेक सम्बन्धी विषय उठाइयो कि उठाइएन भन्ने प्रश्न पनि उठाए। साथै उनले दार्चुला क्षेत्रमा भारतीय सेनाको हेलिकोप्टर अनुमति बिना उडेको, तथा नेपाली चिया उद्योग प्रभावित भएको जस्ता घटनाहरू उल्लेख गर्दै सरकारलाई कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे।

यसैगरी सांसद टुकाभद्र हमालले पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सरकारको स्पष्ट धारणा संसदमा आउनुपर्ने माग गरेकी छन्।

प्रतिपक्षी सांसदहरूले सीमा र कूटनीतिक संवेदनशीलतासम्बन्धी विषयमा सरकारले जिम्मेवार भएर स्पष्ट जवाफ दिनुपर्ने जोड दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय