spot_img

बारामा टिपर–मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

spot_img
spot_img

बारा,०३ असार । बाराको आदर्श कोतवाल गाउँपालिका–४ मा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार सिम्रौनगढतर्फ जाँदै गरेको टिपर र भारतबाट नेपाल प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेका हुन्।

दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनालगत्तै प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। मृतक र घाइतेको पहिचान खुल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय