spot_img

हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भएको खुलासा

spot_img
spot_img

काठमाडौँ,०४ असार । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ को सवारी चालक अनुमति पत्र (लाइसेन्स) स्वतः रद्द भइसकेको अभिलेख फेला परेको छ।

यातायात व्यवस्था कार्यालय इटहरीको विवरणअनुसार उनले २०७१ साल पुस ६ पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको देखिएको छ। त्यसअघि भने उनले जरिवाना तिरेर ‘ए’ श्रेणीको लाइसेन्स नवीकरण गरेका थिए।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार तोकिएको समयभित्र नवीकरण नभएमा चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था रहेको छ। सोही आधारमा उनको लाइसेन्सको वैधता समाप्त भएको देखिएको सम्बन्धित निकायले जनाएको छ।

प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले यस विषयमा थप छानबिन र कानुनी परामर्श गरिरहेको जनाएको छ। एक अधिकृतका अनुसार आवश्यक प्रक्रिया र प्रमाणका आधारमा विषयको विस्तृत अध्ययन भइरहेको छ।

यसअघि पनि हालै सवारी चलाउने क्रममा नियम उल्लंघन गरेको घटनामा उनलाई ट्राफिक प्रहरीले कारबाही गरेको थियो। साथै, सामाजिक सञ्जालमा सार्वजनिक भएका गतिविधिका आधारमा पनि उनी चर्चामा आएका थिए।

हालको विवरणअनुसार लाइसेन्स नवीकरण नगरेको लामो अवधि भएकाले कानुनी स्थिति स्पष्ट पार्न सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाइरहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय