spot_img

रास्वपा महाधिवेशनमा कांग्रेस सभापति गगन थापाको सहभागिता

spot_img
spot_img

काठमाडौं,०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्।

सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा आज चितवन पुगेर महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ। रास्वपाले विपक्षी दलका नेताहरूलाई समेत उद्घाटन सत्रमा सहभागी हुन निम्तो दिएको थियो।

रास्वपाको प्रथम महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ। यस महाधिवेशनलाई पार्टीको संगठन विस्तार र भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय