काठमाडौं,०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बालेन्द्र शाह (बालेन) चितवन पुगेका छन्।
विशेष विमानमार्फत भरतपुर विमानस्थलमा अवतरण गरेका शाह यसपटक आफ्नी छोरीसहित कार्यक्रममा सहभागी हुन आएका हुन्। विमानस्थलबाट उनी सिधै महाधिवेशन स्थलतर्फ प्रस्थान गरेका छन्।
आज दिउँसो २ बजे हुने उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरिएको छ। पार्टी सभापति रवि लामिछाने र बालेन शाहले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
शाहको उपस्थितिलाई महाधिवेशनको प्रमुख आकर्षणका रूपमा हेरिएको छ। पारिवारिक साथसहितको उनको सहभागिताले कार्यक्रमप्रति थप चासो र चर्चा बढाएको छ।




