spot_img

निजामती अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान सेवा बन्द

spot_img
spot_img

काठमाडौं,०७ असार । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा विगत ६ महिनादेखि बन्द रहेको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माका अनुसार सिटी स्क्यान मेसिन बिग्रिएपछि सेवा ठप्प भएको हो। मेसिन मर्मत वा प्रतिस्थापन हुन नसक्दा बिरामीहरूलाई अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

“सिटी स्क्यान सेवा बन्द हुँदा बिरामीलाई निकै समस्या भएको छ,” उनले भने, “आवश्यक परीक्षणका लागि बाहिर पठाउन बाध्य भएका छौँ।”

दैनिक ६ सयभन्दा बढी बिरामी उपचारका लागि आउने उक्त अस्पतालमा अत्यावश्यक सेवा नै अवरुद्ध हुँदा सेवाग्राही प्रभावित भएका छन्। अस्पताल प्रशासनले समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय