spot_img

श्रीमतीमाथि तातो तेल खन्याई आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

spot_img
spot_img

काठमाडौं,०७ असार । श्रीमतीमाथि तातो तेल खन्याएर आगो लगाएको आरोपमा अशोक भट्ट पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ३४ वर्षीय भट्टले गत पुस १५ गते घरको भान्सामा सेलरोटी पकाइरहेकी आफ्नी श्रीमतीमाथि तातो तेल खन्याई आगो लगाएको आरोप छ। घटनापछि पीडित महिलालाई गम्भीर चोटपटक लागेको बताइएको छ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले आरोपीविरुद्ध तेजाब तथा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी शारीरिक क्षति पुर्‍याउने सम्बन्धी कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीले घटनाका थप विवरण संकलन गर्दै आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय