spot_img

छोटो समयमै ठूलो समर्थन पाएको रास्वपा : गगन थापा

spot_img
spot_img

काठमाडौं,०७ असार । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो समयमै हासिल गरेको जनसमर्थनलाई “लोभलाग्दो” भन्दै खुलेर प्रशंसा गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिन पुगेका थापाले पार्टी स्थापना भएको करिब चार वर्षमै उल्लेखनीय जनसमर्थन प्राप्त गर्नु असाधारण उपलब्धि भएको बताए। उनले यस्तो जनमत इतिहासमा सीमित पटक मात्र देखिएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।

थापाले संगठन निर्माणदेखि निर्वाचनमा सफलता हासिल गर्ने यात्रामा रवि लामिछाने र बालेन्द्र शाह को नेतृत्वको प्रशंसा गर्दै पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई बधाई दिए।

उनले रास्वपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक स्थायित्व र जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय