spot_img

एसइई २०८२ का उत्कृष्ट विद्यार्थी प्याब्सन पर्साद्वारा सम्मानित

spot_img
spot_img

वीरगन्ज,०७ असार । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ।

वीरगञ्जस्थित होटल वृन्दावनमा आयोजित “एसइई टपर्स सम्मान कार्यक्रम–२०८३” मार्फत प्याब्सनमा आबद्ध ४० वटा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा उत्साह, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताए। उनले परिश्रम र अनुशासनका साथ अध्ययन गर्ने विद्यार्थीहरूको सम्मान गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गरे।

अध्यक्ष चौधरीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र अभिभावकलाई बधाई दिँदै प्याब्सनले शैक्षिक गुणस्तर अभिवृद्धि र उत्कृष्टतालाई प्रोत्साहन गर्न निरन्तर कार्यक्रम गर्दै आएको बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो सफलतामा विद्यालय, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भविष्यमा उच्च शिक्षा हासिल गरी समाज र देशका लागि योगदान गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय