spot_img

ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

spot_img
spot_img

काठमाडौं, ११ वैशाख । काठमाडौंको ढुंगेअड्डास्थित पिपलबोट सडकमा आज एक बसमा आगलागी भएको घटना भएको छ। चन्द्रागिरी नगरपालिका-१५ मा रहेको उक्त स्थानमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगो लागेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार, बस पूर्णरुपमा क्षति भएको जानकारी दिएका छन्। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

आगो नियन्त्रणमा लिन चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र स्थानीयले सक्रिय रूपमा सहयोग गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय